‘बिगुल’ गीतः आपसी प्रेम साट्दै नरेन र वेनिशा

काठमाडौं । सामाजीक र राजनीतिक विषय बोकेको फिल्म `बिगुल’ मा समावेश शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने फिल्मको गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ । वेनीशा हमाल र नरेन खड्का फिचर्ड गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो ।
रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । फिल्ममा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ ।
म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा–सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् ।
सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको वितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छ ।






