Logo

‘परालको आगो’को गीतमा प्रकाश सपुतको यादमा सुहानाको प्रेम रोदन

काठमाडौं – आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को गीत ‘उडी जाउँ भने म पन्छी होइन’ रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्मको गीत रिलिज गरेको हो। 

गीतको भिडियोमा परालको आगोका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका रामजी लामिछानेले कोरियोग्राफी गरेको गीत दर्शकले  मन पराउने अपेक्षा निर्माण टिमको छ ।

नेपाली गीत संगीतको पहिलो कम्पोजर तथा एरेन्जर शान्ती ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माले गाएकी छन्। साथै गीतको शब्द रचना मन बहादुर मुखियाले गरेका हुन्। यस गीतको ओरिजिनल गायिका अरुणा लामा हुन्। उनले चार दशक अघि गाएकी थिइन्। जुन गीत अहिले पनि उतिकै समय सान्दर्भिक सुनिन्छ। निर्माण टिमले अरुणा लामा समर्पित भन्दै गीतमार्फत सम्झिएको छ। यस गीतको म्युजिक एरेन्ज विनोद भुजेलले गरेका छन्। 

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। 

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। 

लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने सम्पादन मिलन श्रेष्ठको छ। साथै रंग संयोजन कनाल कँवरको छ।

Comments