मुन्नीसँग जीतुको बिहे: ‘कार्की साइँला’ इण्डक्ल्याप

काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ। छायांकन थालेको २१ दिनमा फिल्मको छायांकन समाप्त भएको हो।
निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको यो फिल्म सुनसरीको चतहरा,बराहक्षेत्र आसपासमा सुटिङ गरिएको बताए। उनले एक महिनाको तालिका राखेर काम गरिएको भएता पनि फिल्मका कलाकार र प्राविधिकहरुको अथाह मेहनतले समयभन्दा अगावै सकिएको जानकारी दिए।
यस फिल्ममा जितु नेपाल,प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना आचार्य (मुन्नी’रहेकी छन्। उनीहरुको यो पहिलो फिल्मको सहकार्य हो। यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन्।
बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। फिल्मको मुख्य सहायक निर्देशक रोजल थापाको छ भने डम्बर राईले खिचेका छन्। कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यस फिल्ममा द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ। फिल्मको प्रदर्शन मिति भने निर्माण टिमले घोषणा गरेको छैन।






