शानको निर्देशनमा बाडुल्की लाग्दा कस-कसको कम्मर मर्कियो ? (भिडियो)
गायिका नीता थापा मगरको नयाँ गीत ‘बाडुल्की लाग्छ’ सार्वजनिक भएको छ। शुक्रबार युट्युव मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा पछिल्लो समयका व्यस्त अनि चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ भने डिपी खनालले शब्द दिएका छन् । गीतको एरेन्ज शाहस शाक्यले गरेका छन् ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका नीतासँगै अनिल थापा, जीवन भट्टराई र पुजा राना फिचरिङ छन् । उत्सव दाहालले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ ।







