अनुको ‘खाउँ खाउँ लाग्ने …’ सार्वजनिक
अशोक कठायत क्षेत्रीको स्वर समावेश गीत ‘खाउँ खाउँ लाग्ने बोतलको पानीले बिगार्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मदिराको नशामा पर्दा थप उत्कर्षमा पुग्ने युवा पुस्ताको प्यासी प्रेमलाई झल्काईएको छ ।

अनु पराजुली र रुपक क्षेत्रीको जोडीलाई प्रस्तुत गरिएको भिडियोमा रुपकको साथीको रुपमा आधा दर्जन कलाकार अभिनयमा प्रस्तुत छन् । गायक अशोककै शब्द समावेश गीत लोक पप फ्लेभरको छ । विशाल निरौलाले गीतमा संगीत भरेका छन् ।

लिज्ञश भट्टराई र अनुराग ठकुरीको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन भुषालको कोरियोग्राफी छ । रामकृष्ण चौलागाईंले खिचेको भिडियोलाई निर्देशनमा साझेदारी गरेका भट्टराईले नै सम्पादन गरेका छन् ।









