पुष्प र मरिष्काको यो कस्तो प्रेम (भिडियो)
गायक शिव परियारको स्वर रहेको ‘जितेर पनि हारमा छु’ बोलको गीत सार्वजिक भएको छ। सोमबार सार्वजनिक भएको यस गीत सुरेश वाग्लेको गीती एल्बम ‘तिमी साथ भएपछि’मा समावेश छ। सुरेश यस गीतका गीतकार हुन् भने गीतमा हरी लम्सालको संगीत रहेको छ।

गीतमा सबै कुरा जेतेर पनि मान्छे भित्री रुपमा दु:खित हुन्छ वा आफैसँग हारिरहेको हुन्छ भन्ने परिवेश सम्झेर गीत लेखिएको गीतकार सुरेश वाग्लेले बताए। त्यस्तै, गायक शिव परियारले पनि गीतको शब्द तथा संगीत एकदमै राम्रो भन्दै यस गीतले पुरानो गजल गीतको ट्रेन पुन: स्थापित गर्ने बताए। उनले भने ‘धेरै पछि एक राम्रो गीत गाउने मैक पाएको छु। दर्शक-श्रोताले यस गीतलाई मन पराइदिनुहुन्छ भन्ने आशा छ।’

शान थापाको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा पुष्प खड्का र मरिष्का पोखरेल फिचरिङ छन्। गीतको शब्द अनुसारको भिडियो तयार गरिएको निर्देशक शान थापाले बताएका छन्। उनले भने ‘गीतको शब्द एकदमै राम्रो छ। त्यहीँ शब्द अनुसारको भिडियो बनाएको छु।’ अर्जुन तिवारीले खिचेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।







