Logo

अर्को राहतः अदालतले खोल्यो सलमानको नेपाल आउने बाटो

२० वर्षअघि भएको कालो हरिण शिकार प्रकरणमा केहि दिन जेल बसेपश्चात बलिउड अभिनेता सलमान खान बाहिर निस्के । अदालतले जमानतमा उनलाई सफाइ दियो । अब भने उनलाई अर्को राहत मिलेको छ । मंगलवार सेसन कोर्टले सलमान खानलाई विदेश जाने अनुमति दिएको छ। यो आदेशसँगै अब आगामी जेठमा काठमाडौँमा हुने कन्सर्टमा पनि सलमान आउन पाउने भएका छन् ।

सलमान खानले सेशन कोर्टमा आफ्नो पेशालाई निरन्तरता दिनका लागि अमेरिका, क्यानाडा र नेपालसहित चार देश जान अनुमति मागेका थिए ।
उनले अदालतसँग सम्बन्धित ती चार देशमा जान पाउने इजाजत मागेका थिए । अदालतले उनको निवेदन स्वीकार्दै नेपालसहित अन्य देशमा जाने बाटो खोलिदिएको हो ।

सेसन कोर्टले सलमान खानको जमानत स्वीकार गरेको समय बिना अनुमति विदेश जान रोक लगाएको थियो । अदालतले त्यो बेला बिना इजाजत देश नछोड्न आदेश दिएको थियो । राजस्थानको जोधपुर अदालतले सलमान खानलाई २० वर्ष पुरानो हरिण शिकार मामिलामा दोषी ठहर गर्दै पाँच सालको कैद सजाय सुनाएको थियो । उनीमाथि १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको थियो ।

त्यसपछि उनलाई अदालतबाट सीधै जोधपुर सेन्ट्रल जेल पठाइएको थियो । तर पनि सजाय मिलेपछि सलमानका वकिलले अदालतमा जमानतको निवेदन दिएका थिए । त्यसपछि अदालतले सलमानलाई ८ अप्रिलमा सशर्त जमानत दिएको थियो ।

Comments