यस्तो छ रमिताको ‘सानी पनि होइन म’ (अडियो सहित)
नयाँ बर्षको छेकोमा सार्वजनिक गायिका तथा मोडल रमिता भण्डारीको तेश्रो गीति एल्बम अब युट्युव मै सुन्न पाइने भएको छ । रमिताले आफ्नो एल्बममा समावेश ‘सानी पनि होइन म’ बोलको गीत अडियोको रुपमा युट्युवमा अपलोड गरेकी छिन् । आफ्नै कम्पनि रशलाइट मिडियाको तर्फबाट गीत श्रोतामाझ ल्याइएको हो ।

रमिताले आफ्नो तेस्रो गिति संग्रहको रुपमा ‘सानी नानी’ नयाँ बर्ष २०७५ को अवसरमा सार्वजनिक गरेकी थिइन् । एल्वममा संग्रहीत केहि गितको भिडियो भने यस अघि नै बजारमा आइसकेका छन् । उक्त एल्वममा ६ वटा गीत संग्रहित छन् । ‘सानी नानी’ एल्वममा सानी नानी, के यो माया हो, छल्कीयो जवानी, जुनेली रात, तिमी को, तिमी निष्ठुरी गीतहरु रहेका छन् । मोडेल भण्डारी हाल गायन, अभिनय तथा इभेन्टमा व्यस्त छिन् ।

सानै उमेरमा व्याण्डबाट प्रभावित भएकी भएर संगीतमा लागेकी उनी अहिले सफल कलाकारको रुपमा स्थापित छिन् । लामो समय विदेशमा बसेपनि देश र आफ्ना संगीत प्रतिको मोहलाई निरन्तरता दिएकी रमिता सौन्दर्य प्रतियोगिता मिस नेपालकी समेत प्रतिस्पर्धी थिइन् ।
गायिका, मोडल मात्र होइन कोरियोग्राफरको रुपमा समेत रमिता परिचित छिन् । रमिताले गायन, अभिनय र कोरियोग्राफी तथा इभेन्ट आयोजनासम्मको पाटोलाई एकसाथ अघि बढाइरहेकी छिन् ।







