Logo

पाँच तश्विरमा हेर्नुहोस शिल्पासँग शाहिलको डेब्यू रोमान्स ( तश्विर स्टोरी)

फिल्म सम्पादनमा व्यस्त शाहिल खानले मोडलिङ यात्रा सुरु गरेका छन् । पछिल्लो पटक ‘च्याम्पियन’ फिल्मबाटअभिनय अनुभव बटुलेका शाहिलले पछिल्लो पटक म्युजिक भिडियोमा डेब्यू गर्दै अभिनेत्री शिल्पा पोखरेलसँग स्कृन सेयर गरे । रिलिजको क्रममा रहेको भिडियोको स्थिर तश्विर हेर्दा शाहिल र शिल्पाको केमेष्ट्रि गज्जबले जमेको देखिन्छ ।

विज्ञान राइको निर्देशनमा बनेको फिल्ममा शाहिल र शिल्पाले अन स्कृन रोमान्स गरेका छन् । २ दर्जनबढि फिल्म सम्पादन गरेका तथा २ सय बढि फिल्मको ट्रेलर तयार गरिसकेका शाहिल पछिल्लो पटक ‘लभ डायरिज’ नामको फिल्मबाट ठुलोपर्दाको निर्देशनमा समेत अनुभव सँगाल्दैछन् । उक्त फिल्ममा शाहिलले एशोसियट निर्देशकको जिम्मा सम्हालेका छन् ।

अभिनयलाई सोख र चाखको विषय मान्ने शाहिल पछिल्लो १० बर्षदेखि रंगिन दुनियाँसँग नजिक छन् । उनले केहि फिल्ममा सहायक निर्देशकको काम समेत गरिसकेका छन् । ‘न रुनु है’ बोलको गीतमा अञ्जु पन्तको स्वर छ भने क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्दमा संगीत आलिफ खानले भरेका छन् । अर्जुन तिवारीले भिडियो खिचेका छन् ।

Comments