Logo

दीपकसँग शिल्पाको प्रेम चक्कर !

लोक दोहोरीबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलोपटक बग्ने खोला बगी गो बोलको लोकपप गीत दर्शक स्रोतामाझ पस्किएकी छिन् । भावनाले नै निर्माण गरेको गीतमा चर्चित गायक रामचन्द्र काफ्लेले उनलाई गायनमा साथ दिएका छन् ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियोमा चर्चित हिरोइन शिल्पा पोखरेलका साथ मोडल,अभिनेता दीपक ढकाललाई प्रस्तुत गरिएको छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो उत्सब दाहालले खिचेका हुन् ।

साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रेमभाव प्रकट गरिएको छ । संगीतकार दीपकले यस गीतमा नेपालमा बोलिने मौलीक भाषा र भाकालाई नवीन शैलीमा प्रस्तुत गरिएको बताउँछन् ।

Comments