सम्पादनपछि मोडलिङमा फिट शाहिल, शिल्पासँग यो कस्तो चक्कर !
शाहिल खान नेपाली फिल्म सम्पादनमा कहलिएको नाम हो । उनै शाहिल पछिल्लो समय यदाकदा अभिनयमा पनि देखिन्छन् । यसअघि ‘च्याम्पियन’ फिल्ममा अभिनयमा देखिएका शाहिल हालै एक म्युजिक भिडियोमा मोडलिङमा देखिएका छन् । अभिनेत्री शिल्पा पोखरेलसँग अन स्कृन रोमान्समा शाहिल प्रफेक्ट अभिनयमा भेटिन्छन् ।

हालै सार्वजनिक ‘न रुनु है’ बोलको गीतको भिडियोमा शाहिल र शिल्पाको केमेष्ट्रि गज्जबको देखिन्छ । हाँसखेलको मायाबाट पछि उत्पन्न पश्चातापको कथा बोलेको गीतमा स्वर अञ्जु पन्तको छ । आलिफ खानले संगीत भरेको गीतमा शब्द सन्तोष कटवाल र क्षितिज श्रेष्ठले लेखेका छन् ।
विज्ञान राईले भिडियो निर्देशन गरेका छन् भने राई नै भिडियोका सम्पादक हुन् । अर्जुन तिवारीले खिचेको भिडियोमा निर्देशक राईले शिल्पा र शाहिललाई आकर्षक लुक्समा प्रस्तुत गरेका छन् ।
र यो पनिः
पाँच तश्विरमा हेर्नुहोस शिल्पासँग शाहिलको डेब्यू रोमान्स ( तश्विर स्टोरी)
भिडियोः







