मोनालीपछि डेजाभुमा वलिउड कलाकार सिद्धार्थको लाइभ कन्सर्ट
क्लब डेजाभुमा भारतीय चर्चित गायिका मोनाली ठाकुर पछि पुनः अर्का भारतिय गीतकार तथा संगीतकार सिद्धार्थ स्लाथीयको लाइभ म्युजिकल कन्सर्ट हुने भएको छ।

प्रिन्स इन्टरटेन्मेन्टको आयोजनामा हुनलागेको उक्त म्युजिकल कन्सर्टमा २६ बर्षीय भारतका चचिर्त गायक शिद्धार्थले मे २३ मा दरबारमार्ग स्थित क्लब डेजाभुमा आफ्नो लाईभ म्युजिकल प्रस्तुती दिने छन्।
बलिउड फिल्मका चर्चीत गीतहरुको कभर भर्सनमा स्वर भरेर दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेका गायक हुन् शिद्धार्थ। साँझ ७ बजे बाट सुरु हुने उक्त लाईभ म्युजिकल इभेन्टमा प्रवेशका लागि टिकट प्रणाली लागु गरिएको छ ।
कार्यक्रमको लागी सिद्धार्थ मे २३ कै दिन बिहान नेपाल आउने कार्यक्रम रहेको छ। उनले करिब १ घण्टाको पावर पर्फरमेन्स दिने छन् । सिद्धार्थ मे २४ मा भारत फकर्ने छन्। उनको कन्सर्टमा त्रिसन ब्याण्डको पनि लाइभ प्रस्तुति रहनेछ ।







