बाहिरियो माला लिम्बुको भाइरल भिडियो !
गायक कर्णराज गीरीको ‘भाइरल भयो रे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एक दशक भन्दा बढी समयदेखी नेपाली सांगेतिक क्षेत्रमा लागिरहेका गायक कर्णराजको ‘भाईरल भयो रे’ बोलको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको हो ।

‘भाईरल भयो रे’मा माला लिम्बु र नयन डिसीले नृत्य गरेका छन् भने गु्रभी ब्वाइज समुहले साथ दिएको छ । नारायण बस्नेतको शब्द रहेको गीतमा गायक आँफैले संगीत भरेका छन् । म्युजिक भिडियोको निर्देशन नयन डिसीले गरेका छन् ।
गायक कर्णले यसअघि‘ह्याङ बनायौ’, ‘मरे आमा’, ‘पहलो नजर’,‘मन भित्रको माया’ लगायतका गीत ल्याइसकेका छन् ।







