अनिताले इन्ट्री मार्दा रामजी र रुविनाको ठुम्का ! (भिडियो)
गायिका अनिता चलाउनेको स्वरमा नयाँ गीत ‘इन्ट्री मार्यो मायाले’ सार्वजनिक भएको छ । शुक्रबार अनिताले आफ्नै युट्युव च्यानल मार्फत गीत दर्शक तथा श्रोतामाझ ल्याइन् । सार्वजनिक डान्सिङ गीतमा मेल भर्सनमा स्वर रामजी खाँडले दिएका छन् ।

गीतको भिडियोमा गायक रामजीसँगै मोडल रुविना अधिकारीले कम्मर मर्काएकी छिन् । रामजी र रुविनाको केमेष्ट्रि गीतमा मज्जाले जमेको देखिन्छ । गीतको शब्द घनश्याम रिजालको हो भने संगीत संयोजन गायक खाँडले नै गरेका छन् ।

भिडियोमा निर्देशन मौसम हिमालीको छ भने छायाँकन दुर्गा पौडेलको छ । एकता फिल्मस् मा पोष्ट प्रोडक्सनको काम गरिएको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोसः







