Logo

प्रेम पीडामा युवराज, किन टाढा भइन् अनु ? (भिडियो)

गायक युवराज चौलागाइँ आफुलाई मोडलको रुपमा पनि स्थापित गर्दै अघि बढिरहेका छन् । सुमधुर स्वरका धनी उनै युवराजको पछिल्लो गिती कोशेली दर्शक तथा श्रोतामाझ आएको छ । भिडियोमा युवराज स्वयमं फिचर छन् ।

आफ्नै स्वर संगीत रहेको ‘किन टाढा भयौ’ बोलको गीतका शब्द पूजा शाहले लेखेकि हुन् । इरेञ्ज राजन इशानले गरेका छन् । शब्दहरुले प्रेम पीडामा परेको एक प्रेमीको कथा बोल्छन् । उनै शब्दमा मिठास स्वर र संगीतको जादु युवराजले भरेका छन् ।

गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने छायांकन अर्जुन तिवारीको छ । भिडियोको निर्देशन विशाल भण्डारीले गरेका छन् ।

Comments