भद्रगोलकी रक्षासँग प्रेममा सविन
अभिनेता सविन श्रेष्ठ लामो समयपछि म्युजिक भिडियोमा देखिएका छन् । हालै मात्र उनले ‘रेटियो छाती’ बोलको एक भिडियोमा मोडलिङ गरे । उक्त गीतको भिडियो युट्युवमा सार्वजनिक भइसक्दा सविनलाई मोडल तथा कलाकार रक्षा श्रेष्ठसँग देख्नसकिन्छ ।

ज्ञान सुब्बाको उक्त गीतमा संगीत शिलाबहादुर मोक्तानको छ । एरेञ्जको काम फणिन्द्र राईको रहेको गीतमा मिक्सिङको काम महेश्वरमान राजभण्डारीको छ । गाउँ छोडेर विदेशिएको प्रेमी घर फर्किँदा आफ्नो प्रेमिका अर्कैको भएपछिको उत्पन्न परिवेश आसपास भिडियोको कहानी घुमेको छ ।
निर्देशक सोनम पाख्रिनले ड्रामाटिक शैलीमा भिडियो तयार गरेका छन् भने निशान घिमिरेले सम्पादन गर्दा उत्सव दाहालले क्यामेरा चलाएका छन् । ‘भद्रगोल’ सिरियलकी चर्चित कलाकार रक्षा र अभिनेता सविनको केमेष्ट्रि गज्जब देखिन्छ ।







