बिजय शंकरको ‘दिलैमा’मा एलिशा र सुनिलको बोल्ड अबतार (भिडियो)
पछिल्लो पटक चर्चामा रहेका गीत ‘फास्ट फास्ट’, ‘दन्तैमा’ र ‘माया लाइ लाइ’ मेकरको तर्फबाट तयार भएको पछिल्लो भिडियो ‘दिलैमा’ सार्वजनिक भएको छ । गीतमा बिजय शंकरको स्वर तथा शब्द छ । संगीत एरेञ्जको काम टेकेन्द्र याक्सोले गरेका छन् ।

डान्स ग्रुप नेपाली ठिटोज को प्रोडक्सनमा बनेको गीतको भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्मा मुख्यतः फिचर हुँदा नेपाली ठिटोजका सदस्यहरु सँगसँगै नृत्यमा देखिन्छन् । सुनिलले नै गीतमा कोरियोग्राफी गरेका छन् । गीतमा एनके ब्रदर्सले संगीत भरेका छन् ।
डान्सिङ नम्बरको गीतलाई काठमाडौंमा नै खिचिएको छ । गीतमा एलिशा र सुनिलको टिमको आकर्षक नृत्य देख्न सकिन्छ ।







