Logo

फेसबुकको नशाः ‘एन एस ११३४’ ब्याण्डले ल्यायो यस्तो गीत (भिडियो)

पछिल्लो समयमा संसारभर नै सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुक हो भन्दा कसैको दुईमत नहोला । त्यसो त नेपालमा पनि सर्वाधिक प्रयोगकर्ता रहेको सोसियल मिडिया पनि फेसबुक नै हो । यो बीचमा फेसबुकसँगै जोडेर ‘एन एस ११३४’ ब्याण्डले नयाँ गीत ल्याएको छ ।

हालै सार्वजनिक ‘फेसबुक’ गीतमा शब्द र संगीत सुजन शाक्यको छ । निर्देशन तथा भिडियो कन्सेप्ट रिक्की शाक्यको छ । मनोज भेलेले क्यामेरा चलाएका छन् । युवापुस्ता लक्षित गरी तयार गरिएको भिडियोमा निर्देशक रिक्कीले केहि नयाँ कन्सेप्ट प्रयोग गरेका छन् ।

गीतमा स्वर सुजन शाक्यको नै छ । ड्रम उज्जल शाक्यले चलाएका छन् भने लिड गीतारिष्ट उजेल शाक्य सँगसँगै गीतारमा प्रतिक शाक्य छन् । पप संगीतमा केहि नयाँपन दिने उद्देश्यका साथ स्थापित ‘एन एस ११३४’ नेपाली गीत संगीतमा पछिल्लो क्रममा उदयिमान ब्याण्ड हो ।

(पहिलो तश्विरः भिक्ट्री लञ्ज) 

भिडियोः

Comments