Logo

पल छोडेर सुशान्तसँग आँचलको हिमचिम !

अभिनेत्री आँचल शर्मालाई सँधै एउटा आरोप लाग्दै आएको छ, उनले अभिनेता पल शाह बाहेक अरु कलाकारसँग म्यूजिक भिडियोमा अभिनय गर्दिनन् । तर त्यो आरोप आजकल मत्थर हुँदै गईरहेको छ । आँचलले अहिले पल शाहसँग मात्र होइन अन्य कलाकारहरुसँग पनि अभिनय गरिरहेकी छन् ।

हालै मात्र शिव परियारको आवाजमा रहेको गीत ‘मंगली’को भिडियो सार्वजनिक भएको छ । विकास सुवेदी निर्देशित भिडियोमा आँचल शर्मा र सुशान्त खत्री फिचर्ड छन् ।

भिडियोमा छायांकन अनिल के. मानन्धरको रहेको छ भने सम्पादन सुप्रिम पराजुली हुन् । सार्वजनिक गीतमा संगीत संयोजक उदयराज पौडेलले गरेका छन् । प्रल्हाद शाहले शब्द लेखेका छन् ।

Comments