अनुष्का पट्याउन किराना पसल खोल्दै युवराज !
गायक युवराज चौलागाइँ पछिल्लो समय मोडलिङमा पनि जमिरहेका छन् । परिचयलाई फराकिलो पार्दै लगिरहेका युवराजले पछिल्लो पटक आफ्नै स्वरमा तयार ‘किराना पसल’ बोलको गीतको भिडियोमा मोडलिङ गरे ।

गीतको भिडियोमा उनले मोडल अनुष्का पाठकको माया पाउन उनकै घर अघि किराना पसल खोल्ने बताउँदै गर्दा भेटिन्छन् । गीतमा शब्द संगीत क्षितिज सापकोटाको छ ।
भिडियोमा युवराज र अनुष्कासँगै विनोद पौडेल पनि मोडलिङमा छन् । गीतमा संगीत एरेञ्ज राजन इशानको छ । राजिभ समरले कोरियोग्राफी गरेका छन् । भिडियो निर्देशन शान थापाले गरेका छन् ।







