Logo

आँचललाई गर्लफ्रेण्ड बनाउन दुई युवाको निवेदन !

अभिनेत्री आँचल शर्मा फिल्म र म्युजिक भिडियोमा एकसाथ चर्चामा रहने नाम हो । पछिल्लो समय उनको व्यस्तता फिल्ममा भन्दा भिडियोमा बढि छ । यो बीचमा आँचल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गुणराज श्रेष्ठको स्वर रहेको छ भने बि. पाण्डेका शब्दमा सुवास भुषालले संगीत दिएका छन् । उदयराज पौडेल एरेन्जर हुन् ।

यूट्युबमा सार्वजनिक ‘निवेदन’ बोलको गीतको भिडियो रमाईलो छ । दुई व्यापारी युवाहरु नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ । आँचललाई मिलाईदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाईलो दृश्य पनि भिडियोमा देख्न पाईन्छ ।

विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

Comments