Logo

‘कुटुमाकुटु’ गायकको रोमान्टिक गीतमा अनिल र सृष्टि

गायक आनन्द कार्की नयाँ गीत सहित दर्शक श्रोता माझ आएका छन् । उनको स्वर समावेश ‘फुल्न त फुल्यौ’ बोलको गीत हालै सार्वजनिक भएको हो ।

एल्बम ‘नबिर्स’मा समावेश यो गीतमा राजनराज सिवाकोटीको संगीत, आनन्द कार्कीको स्वर र घनबहादुर थापा मगरको शब्द समावेश छ । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो ।

प्रेमलाई रोमान्टिक शैलीमा देखाउन खोजिएको म्युजिक भिडीयोलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन् । जहाँ मोडल अनिल थापा, सृष्टि र पुराना कलाकार उमेष मायालुको अभिनय दख्न सकिन्छ । म्युजिक भिडीयोमा सौरव पराजुलीको छायाँकन ,सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=fib3J11h6Zo

Comments