यस्तो छ १० कक्षा पढ्ने सुष्मा तामाङको पहिलो गीत
उदयिमान गायिका सुष्मा तामाङले गाएको पहिलो गीत ‘माया पिरती लाउन’को भिडियो सार्वजनीक भएको छ । हालै राजधानीमा एक कार्यक्रम गरि प्रदर्शन गरिएको उक्त भिडियो युट्युव मार्फत वर्ल्डवाइड गरिएको हो ।

गायिका सृष्मकै शब्द रहेको सो गीतमा सन्तोष सुब्बाको संगीत छ । दिलिप ओखेडाले निर्देशन गरेको भिडियोमा गायिका सुस्मा स्वयम् र निर्देशक दीलिपलाई फिचरिङ गरिएको छ । रामेश्वर कार्कीले खिचेको भिडियोको निर्माता पेमा तामाङ हुन् ।
१० कक्षामा अध्ययनरत गायिका सुष्मा आफूलाई सानैदेखि गायिका बन्ने चाहना भएको अहिले आएर पहिलो गीत सार्वजनीक गरिएको बताउछिन् । भिडियो प्रिमियर कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्देशक ऋषि लामीछानेले सुष्माको गायन कलाको तारिफ गरे ।
उनले सुष्मा जस्ता नवप्रतिभाले नेपाली गीतसँगीतको क्षेत्रलाई अझ उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरे । बलिउड मोसन डान्स फिल्म प्रालिको प्रस्तुति रहेको भिडियोलाई गीतको भावअनुसार सुन्दर बनाउने प्रयास गरिएको निर्देशक तथा मोडल दिलिपले बताए ।







