सृष्टि र आर्यनको ‘बाँध मायाले’ अफिसियल ट्रेलर रिलिज (भिडियो)
फिल्म ‘बाँध माायले’को ट्रेलर रिलिज भएको छ । पुर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी स्टारर फिल्मको शुक्रबार अफिसियल ट्रेलर रिलिज गरियो ।

ट्रेलरमा आफुले मन पराएकी युवतीको प्रेम प्राप्तीको लागी एक गाउँले युवकले गरेको संघर्षको कथा जोडिएको छ । एक्सनलभस्टोरी जनरामा यो फिल्म तयार भएको हो । आर्यन अधिकारी र सृष्टि श्रेष्ठ प्रेमी प्रेमिकाको भुमिकामा छन् । सबिर श्रेष्ठले फिल्म निर्देशन गरेका हुन् । पश्चिम नेपालको नवलपरासीमा फिल्मको छायाँकन गरिएको छ ।
फिल्ममा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, बिशाल चाम्लिङ र किशोर खड्कालाई पनि लिड अभिनयमा देख्न सकिन्छ । अर्जुन पोखरेलले संगीत भरेको फिल्ममा कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेको छ। राजु ढुङ्गानाले सम्पादन गरेका छन् ।
डिसिएनले वितरण गर्ने फिल्म असोज ५ बाट दर्शकमाझ आउँदैछ । बाबु श्रेष्ठले फिल्ममा क्यामेरा चलाएका छन् ।







