Logo

कालिका म्युजिक अवार्ड २०७५ः उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक (सुची सहित)

कालिका मिडिया प्राली चितवनको आयोजनामा विगत १४ वर्ष देखी आयोजना हुँदै आईरहेको राष्ट्रिय सांगितिक अवार्ड मध्य मोफसल कै सवैभन्दा उत्कृष्ट मानिने ‘कालिका म्युजिक अवार्ड २०७५’ को मनोनयन मंगलबार सार्वजनिक गरिएको छ । पहिलो पटक कालिकाले ोफसल छोडेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंमा अवार्डको उत्कृष्ट पाँचका मनोनयन सार्वजनिक गर्यो ।

पछिल्लो बर्ष २०७४ मा सार्वजनिक भएका विभिन्न फरक फरक विधाका गीत संगीत र सो सँग सम्बन्धित सर्जकहरुलाई अवार्डेड गर्ने हेतुले ३० विधाका उत्कृष्ट ५ को मनोनयन सार्वजानिक गरिएको हो । यस्तै लामो समय देखि गीति रचनामा उल्लेखनिय योगदान पुर्याउँदै आउनु भएका भएका वरिष्ठ रचनाकार किरण खरेललाई यसवर्षको कालिका लाइफ टाइम एचिभमेन्ट अवार्ड वाट सम्मान गरिने समेत आयोजित कार्यक्रममा घोषणा गरियो ।

गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको नोमिनेसन सार्वजानिक कार्यक्रममा गीत संगीत तथा कला क्षेत्रसँग सम्बन्धित चर्चित स्रष्टा तथा कलाकर्मीहरुको उपस्थिती थियो । मनोनयन अन्तर्गत उत्कृष्ट चलचित्र संगीत तर्फ गत बर्ष प्रदर्शनमा आएका फिल्महरु कान्छी, ऐश्वर्य, मंगलम, शत्रुगते र कृ, लिलिबिली, ग्याङ्गस्टर ब्लूज लगायतले आफ्नो आफ्नो संगीतमा प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै उत्कृष्ट मोडलको ‘मेल’तर्फ पल शाह, पुष्पल खड्का, आकाश श्रेष्ठ, निराजन प्रधान र सरोज अधिकारी प्रतिस्पर्धामा रहँदा ‘फिमेल’ मोडल तर्फ एलिशा राई, आँचल शर्मा, सिम्पल खरेल, स्वस्तिमा खड्का र आश्मा विश्वकर्मा उत्कृष्ट पाँचको प्रतिस्पर्धामा छन् ।

उता उत्कृष्ट भिडियोतर्फ निकेश खड्का, अर्जुन अधिकारी, विकास सुवेदी, शान थापा र हरी हुमागाइँ प्रतिस्पर्धामा परेका छन् ।

मनोनयनमा परेकाहरुलाई कालिका ग्रुपका अध्यक्ष बिक्रम पाण्डे, प्रमुख अतिथी प्रेमध्वज प्रधान, वरिष्ट सर्जक राजु सिंह, निर्देशक सोभित बस्नेत लगायतले प्रमाण पत्र प्रदान गरेका थिए । कालिका एफ एमको १६ औँ वार्षिकोत्सवको अवसरमा यहि असोज २६ गते चितवनमा आयोजना हुने एक कार्यक्रमका बीच अवार्ड वितरण हुनेछ ।

३० विधाको उत्कृष्ट पाँचको मनोनयन सुचीः

(विधा हेर्नको लागी लिङ्कमा क्लिक गरी पिडिएफ फाइल ओपन गर्नुहोस् )

14th-Yamaha-Kalika-FM-Music-Award-2075-Nomination-

Comments