Logo

मुस्ताङको चिसोमा साराको हट अबतार (फोटो फिचर)

नेपाली मौसम यतिबेला चिसिँदो छ । त्यो माथी हिमाली जिल्ला मुस्ताङ बर्षैभरी चिसो नै रहन्छ । तर त्यो मुस्ताङको चिसोले अभिनेत्री सारा सिर्पालीलाई भने छोएन क्यारे । प्राप्त तश्विरमा सारालाई बोल्ड अबतारमा देख्न सकिन्छ ।

बसन्त निरौलाको निर्देशनमा हालै जोमसोममा छायाँकन गरिएको एक गीतको म्युजिक भिडियोमा साराले विजय कार्कीसँग जोडी बाँधेकी छिन् । सारालाई बोल्ड अबतारमा प्रस्तुत गर्ने काम अभिनेत्री टर्न कोरियोग्राफर पवित्रा आचार्यले गरेकी छिन् । सारा र विजयको अनस्कृन रोमान्स रहेको गीतको भिडियो छिट्टै नै रिलिज हुने निर्देशक निरौलाले बताए ।

‘तिमी टाढा कता कता’ बोलको गीतमा स्वर कर्णदास र प्राश्ना शाक्यको छ । किशोर दत्त बरालले लेखेको शब्दमा संगीत पनि कर्णदासले नै भरेका छन् । दिव्य सुवेदीले छायाँकन गरेको गीतको भिडियोलाई अरविन्द पौडेलले निर्माण गरेका हुन् ।

Comments