Logo

मिन विष्टले ल्याए थ्रीडीमा ‘झ्याइँ झ्याइँ’ (भिडियो)

मिन विष्टको संगीतबद्ध नेपाली बाजा गाजाले उनिएको ‘झ्याइँ झ्याइँ ‘ बोलको गीत रिलिज भएको छ । धेरै गीतमा स्वर भरिसकेका मिनले यो पटक नयाँ गीतलाई ‘थ्री डी’ भर्सनमा प्रस्तुत गरेका छन् ।

पछिल्लो समयमा प्रविधिको विकास सँगै थ्रिडी फिल्म तथा थ्रिडि गेमको अत्याधिक माग छ । दृश्यमा मात्रै तेस्रो आयाम हुँदैन, ध्वनिमा पनि तेस्रो आयाम हुन्छ, यहि मान्यतामा मिनले थ्रिडीमा यो गीत ल्याएका छन् ।

यो गीतमा शब्द जानु काम्बाङ लिम्बुको रहेको छ भने एरेन्ज कुमार थापाले गरेका छन् । नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतले नेपाली मौलिक बाजाको झल्को दिन्छ ।

https://youtu.be/650IQ3xksv4

Comments