Logo

एन एस ११३४ को तर्फबाट सुजनको स्वरमा बग्यो ‘भीरको खोलो’ !

एन एस ११३४ ब्याण्डको तर्फबाट नयाँ गीत ‘भीरको खोलो’ सार्वजनिक भएको छ । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमका बीच ब्यान्डले दर्शक तथा श्रोतालाई नयाँ कोशेली पस्कियो ।

उक्त गीतमा स्वर सुजन शाक्यले भरेका छन् भने शब्द तथा संगीत रिक्की शाक्यको छ । गीतको भिडियो पनि कार्यक्रमका सार्वजनिक गरियो । भिडियोलाई रिक्की शाक्यले निर्देशन गर्दा रुपेन्द्र श्रेष्ठ, राष्ट्रिय शाक्य, सेवामान श्रेष्ठ, सुदिमा शाक्य लगायतलाई फिचर गरेका छन् ।


गीतमा एरेञ्ज फिरोज बज्राचार्यको छ भने क्यामेरा मनोज भेलेले चलाएका छन् । मनोज उक्त भिडियोका सम्पादक पनि हुन् । युवा जोश र जाँगरका साथ सुरु भएको एनएस ११३४ ब्याण्डमा सुजन शाक्य, प्रतिक शाक्य, उज्जल शाक्य, प्रेम पन्त र उत्सव बज्राचार्य सदस्यको रुपमा छन् ।

Comments