Logo

‘कलकते काइँयो’ गायकको ‘लाइसेन्स ठेक्कामा !

‘कलकते काइयो’ जस्तो सफल गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । आइतबार युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ। गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै रहेको छ ।

भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्शी लामा फिचर छन् । कालिञ्चोकको सुन्दर लोकेशनमा खिचिएको भिडियोलाई उत्कृष्ट बनाउने कोशिशमा निर्देशक चुकेका छैनन् ।

राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

https://youtu.be/AT36MHu1bAA

Comments