Logo

‘सयकडा दश’ एकसाथ ४ पोस्टर आउटः पहिलो प्रदर्शनी म्यानमारमा

भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ले आफ्नो अफिसियल पोस्टर सार्वजनिक गरेको छ । बिहिबार फिल्मका मुख्य कलााकरलाई जोड्दै निर्माण टिमले एकसाथ चार पोस्टर रिलिज गर्यो । पोस्टरमा कहिँकतै क्यारेक्टर झल्काइएको छ त कतै प्रेम दर्शाइएको छ ।

मनोज गजुरेल स्टारर सामाजिक कथाको यो फिल्ममा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने लिड अभिनयमा छन् । फिल्मको नयाँ बर्ष २०१९ को छेकोमा थाइल्याण्ड र म्यानमारमा पहिलो प्रदर्शनी गरिने पनि निर्माण युनिटले खुलाएको छ ।

नेपालमा सार्वजनिक रुपमा माघ १८ गतेदेखि प्रदर्शनीमा आउने फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका छन् । फिल्मको कथा पनि निर्देशक पाठकको नै हो । फिल्मले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पार्ने असरको दृश्य चर्चा गर्ने निर्देशक पाठकले बताए ।

यो फिल्म हाँस्यअभिनेता गजुरेलको डेब्यु फिल्म हुनेछ । रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्मलाई निर्माण गरेका हुन् ।

Comments