पर्दामा एकसाथ गोपी, रणवीर र सय कडा दशः दर्शकको रोजाई कता ?
फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । पछिल्लो समय धेरै फिल्महरु असफलताको शिकार बनिरहँदा शुक्रबार पनि प्रतिस्पर्धामा तीन फिल्म उत्रेका छन् । फिल्म हुन् ‘गोपी’, ‘रणवीर’ र ‘सय कडा दश’ ।

गोपीः
दिपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ले स्वरोजगारको कथा पेश गर्छ । विदेश जाने र पैसा कमाउने परिवारको दबादलाई चिर्दै स्वदेशमै बसेर केहि गर्न सकिन्छ भन्ने सन्देश सहित निर्माण भएको फिल्मले गाई पालनको कथा पेश गर्छ । मणिकर्ण केसीको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल छन् । यो फिल्ममा विपिन कार्कीम बर्षा राउत, सुरक्षा पन्त लिड अभिनयमा छन् ।
रणवीरः
गोविन्द सिहं भण्डारीको निर्देशकिय डेब्यू फिल्ममा सुशिल सिटौला, शुभेक्षा ख्डका, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, हरिहर अधिकारी, रवी गिरी तथा भोलाराज सापकोटाको प्रमुख अभिनय रहेको छ। फिल्मले रिलिजप पुर्वको प्रिमियरमा सुखद प्रतिक्रिया भेटेको छ । एक्सन लभ स्टोरी जनरामा फिल्म तयार भएको हो ।
सय कडा दशः
बरिष्ट हाँस्य कलाकार मनोज गजुरेलले ठुलोपर्दामा डेब्यू गरेको फिल्मले कमेडी जनरा पेस गर्छ । फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । यो फिल्ममा राजाराम पौडेल, करुणा श्रेष्ठ, अमृत ढुङ्गाना, उत्तम न्यौपाने लगायत अभिनयमा छन् ।







