‘आप्पा’ले दियो दयाहाङलाई ‘सुपरस्टार’को ट्याग
फिल्म ‘आप्पा’ आगामी जेठमा रिलिज हुँदैछ । निर्माण टिम अहिलेदेखि नै बिस्तारै प्रचार गतिलाई अघि बढाउँदैछ । यो बीचमा सोमबार फिल्मको एक गीत सार्वजनिक गरियो । जहाँ लिड अभिनेता दयाहाङ रआईलाई सुपरस्टारको ट्याग दिइएको छ ।

दयाहाङ नेपाली फिल्मी अभिनयमा ‘ट्रेण्ड सेटर’ अभिनेतामा गनिन्छन् । उनले स्टारको ट्याग भने यसअघि नै पाएका थिए । तर पछिल्लो समय उनको करियर धर्मराउँदो छ । जति नै राम्रो काम देखाउँदा पनि पछिल्लस रिलिज धेरै फिल्म बक्सअफिसमा फ्लप छन् । यो बीचमा दयाहाङलाई सुपरस्टारकै ट्याग दिँदै ‘आप्पा’ टिमले भने प्रचारमा अघि सारेको छ ।
उनलाई ‘सुपरस्टार’को ट्याग दिइएको संभवत यो पहिलो पटक हो । सार्वजनिक गीतमा भने उनि कास्टिङमा मात्रै झुल्केका छन् । ‘साँझ परेपछि’ बोलको गीतमा स्नेहाश्री थापा र अनमोल गुरुङको स्वर छ भने शब्द संगीत पनि अनमोलकै छ ।
यो फिल्ममा दयाहाङको साथमा सिद्धान्त राज तामाङ र अल्लोना कबो लेप्चा लिड अभिनयमा छन् । फिल्मको कथा पनि निर्देशक समेत रहेका अनमोलको नै हो ।







