विपिन भन्छन्ः ‘जात्रा’ भन्दा ‘जात्रै जात्रा’ पर्फेक्ट !’
जेठ ३ गतेबाट प्रदर्शनको लागी तयार रहेको फिल्म ‘जात्रै जात्रा’ यतिबेला चर्चामा छ । तीन बर्ष पहिले रिलिज ‘जात्रा’को यो सिक्वेलको ट्रेलर रिलिजपछि दर्शकले अवेटेड बोलिरहेका छन् । प्रतिक्षा गरिरहेका छन् ।

यो बीचमा प्रचार प्रसारको दौडधुपमा रहेका कलाकारहरु फिल्मको कन्टेन्ट बुझाउँदै दर्शक आकर्षण गर्नमा तल्लिन छन् । हालै गरिएको एक अन्तर्वार्तामा लिड अभिनेता विपिन कार्कीले लोकप्रिय फिल्म ‘जात्रा’ भन्दा यसको सिक्वेल थप प्रफेक्ट बनेको दाबी गरे ।
‘जात्रा’ भन्दा ‘जात्रै जात्रा’ के भिन्न छ भन्ने प्रश्नमा विपिन गुञ्जिए, ‘फरक होइन दुबै फिल्म मनोरञ्जनको लागी निर्माण भएका हुन्, त्यसमा पैसा थियो यसमा सुनकाण्डको कथा छ, तर ‘जात्रा’ भन्दा पनि अझै मनोरञ्जन ‘जात्रै जात्रा’ले दिन्छ ।’

विपिनले ‘जात्रै जात्रा’लाई पुर्ण व्यवसायिक फिल्म भन्दै फिल्ममा सुन काण्ड मात्रै नरहेको प्रष्ट्याए । प्रदिप भट्टराईको निर्देशनमा बनेको फिल्ममा विपिनसँगै रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत लिड अभिनयमा छन् ।
फिल्मकी लिडिङ लेडी बर्षा राउतसँगको अन्तर्वार्ताः







