Logo

सुरजको ‘सान्नानी’मा कुमारको एक्सन कट, यस्तो बन्यो भिडियो

गायक सुरज पौडेलको आफ्नो पहिलो एकल एल्बम ‘मनको खुशी ‘ को ५ औँ गीत ‘सान्नानी ‘ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार बिकाश चौधरीको संगीत सविना केसीको शब्द रहेको गीतको एरेन्ज बिनोद भुजेलले गरेका छन् ।

गीतमा केवल भुजेल, प्रतिक्षा खड्का , चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय छ । रामेश्वर हुमागाईंले खिचेको भिडियोमा कोरियोग्राफी हरिष खनालले गरेका छन् भने सम्पादन साहिल खानको छ ।

गायक पौडेलले यस अघि ‘गोलिले लागे झैँ’, ‘ठुम्काले’ ,’मन पर्यो मन पर्यो’, ‘धेरै पछि’ जस्ता डान्स बिटका गीतहरु ल्याइसकेका छन् । बिहिबार सार्वजनिक भिडियोमा कुमार आचार्यको निर्देशन छ ।

https://youtu.be/gShtjMZEKns

Comments