रुन बिर्सिसकेँ, सायद आँशु सकियोः श्वेता खड्का
अभिनेत्री श्वेता खड्का दिवंगत पति श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समयसम्म भाव विह्वल बनिन् । अब भने उनले आफुलाई सम्हाल्दै अघि बढेकी छिन् । श्रीको निधनपछि ‘कान्छी’ नामको फिल्म निर्माण गरेर पर्दामा समेत फर्केकी श्वेतालाई उनका शुभचिन्तकहरुबाट राम्रो साथ पनि मिल्यो ।

प्रायः सार्वजनिक कार्यक्रममा श्रीकृष्णको प्रसङ्ग आउनासाथ आँशु रोक्न नसक्ने श्वेता पीडा भुलेर खुशी हुने बाटोमै छिन् । हालै गरिएको एक अन्तर्वार्तामा श्वेताले भनिन्, ‘अब त रुन बिर्सिसकेँ, सायद मेरो आँशु नै सकियो ।’ त्यसो त पछिल्लो समय श्वेता र उनको परिवारबाट श्रीलाई बिर्सिँदै गएको भन्ने गसिपको खण्डन गर्दै उनले जवाफ फर्काइन्, ‘उहाँ यो धर्तिमा हुनुहुन्न, कुरा हुँदैन, भेट हुँदैन फरक कुरा भयो, तर उहाँ (श्रीकृष्ण) लाई बिर्सेर म र मेरो परिवार कहिल्यै अघि बढ्न सक्दैन ।
श्रीको निधनको लामो समय भइसक्दा श्वेता अब एक्लै बस्न नहुने बिहे गर्नुपर्छ प्रकारका चर्चाहरु पनि सिनेबृत्तमा हुँदै आएका छन् । यो प्रसङ्ग जोड्दै बिहे र प्रेमको बारेमा गरिएको प्रश्नमा उनले भनिन्, ‘बिहे र प्रेम कुनै पनि बेला हुनसक्छ ।’ यो कुराले श्वेता कतै कसैको प्रेममा त छैनन् ? प्रश्न पनि उब्जिएको छ ।
यहाँ हेर्नुहोस् उनै श्वेतासँग केहि पारिवारिक, केहि व्याक्तिगत र केहि कलाकारिताको बारेमा गरिएको रमाइलो कुराकानीः
https://youtu.be/DdCHv6tW5VE







