Logo

प्रिती आले र पवनको स्वरमा आयो ‘माया जाल’ (भिडियो)

रक पप गायिका प्रिती आले मगर र पवन रानाको स्वर समावेश गीति भिडियो ‘… माया जाल’ रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच शनिबार उक्त गीतको भिडियो रिलिज गरियो ।

भिडियोमा प्रिती स्वयंम फिचर्ड छिन् भने साथमा चर्चित डान्स ग्रुप ‘दी नेक्स्ट’ टिम छ । प्रितीकै शब्द संगीत रहेको गीतमा समावेश केहि शब्द भने पारिवारिक लाग्दैनन्, जसले उनलाई विवादमा ल्याउने आशंका दर्शक प्रतिक्रियामा आएको छ ।

गीतमा संगीत एरेञ्ज श्यामश्वेत रसाईलीको छ । भिडियोतर्फ नवराज उप्रेतीको छायाँकन छ भने कोरियोग्राफी प्रदीप लामाको छ । भिडियोको निर्देशन तथा कन्सेप्ट पनि प्रदीपको नै हो । सम्पादन पवन सुस्लिङको छ ।

https://youtu.be/sZw4ZtUull0

Comments