Logo

टंकको ‘एक्सन कट’मा सुनिल र बीनाको छमछमी ! (भिडियो)

गायक टंक बुढाथोकीको परिचय थपिएको छ । हालै टंकले आफ्नै गीतको एक भिडियोमा ‘एक्सन कट’ गरेका छन् । मुस्ताङको चिसोमा टंक निर्देशक बन्दा रोमान्टिक गीतको भिडियो तयार भयो ।

‘कान्छा कान्छी’ बोलको गीतमा स्वर टंकसँगै बुनु उप्रेतीको छ । गीतमा शब्द तथा संगीत टंकको नै छ । सार्वजनिक भिडियो उनको डेब्यू भने होइन । यसअघि उनले ३ वटा गीति भिडियो निर्देशन गरिसकेका छन् ।

भिडियोमा नवराज उप्रेतीको छायाँकन रहँदा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । अभिनयमा सुनिल क्षेत्रीसँगै बिना राउत फिचर्ड छन् । सुनिल र बिनुको केमेष्ट्रि गीत सुहाउँदो छ । भिडियो सम्पादनमा अमृत छन् ।

https://youtu.be/tgVKwEZt2mE

Comments