Logo

‘प्यारासाइट’ बन्यो यसवर्षको ओस्कारमा उत्कृष्ट फिल्म

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ओस्कारको ९२औ संस्करणमा उत्कृष्ट फिल्म बन्न सफल भएको छ । गैरअंग्रेजी भाषाको फिल्मले ओस्कारमा उत्कृष्ट अवार्ड जितेको यो पहिलोपटक हो । फिल्मले ‘उत्कृष्ट निर्देशक , उत्कृष्ट अन्तराष्ट्रिय फिल्म र उत्कृष्ट ओरिजनल स्क्रीनप्लेमा पनि अवार्ड जितेको छ ।

बोङ् जुन हो ले निर्देशन गरेको फिल्म ‘प्यारासाइट’ ले ‘जोकर’, ‘द आइरिसम्यान’, ‘१९१७’, ‘वान्स अपन अ टाइम इन हलिउड’ लगायतका अन्य फिल्मलाई पछि पार्दै ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्म अवार्ड जितेको हो ।

स्रोत : द न्यू योर्क टाइम्स

Loading...
Comments