Logo

स्वास्थ्यकर्मीको सम्मानमा विश्व चर्चित कलाकारले गरे ‘भर्चुअल कन्सर्ट’

विश्वब्यापी रुपमा महामारी बनिरहेको कोरोना भाइरस संक्रमितको उपचार एवं रोकथाममा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा विश्व चर्चित कलाकारहरुले अनलाइन कन्सर्ट गरेका छन् । विश्व चर्चित गायिका लेडी गागाको पहलमा ग्लोबल सिटिजन्स र विश्व स्वास्थ्य संगठनको आयोजनामा ‘वान वर्ल्ड टुगेदर एट होम’ नाममा शनिबार भर्चुअल कन्सर्ट गरिएको हो ।

शनिबार साँझ ८ घण्टासम्म चलेको कन्सर्टमा सय बढि कलाकारहरुले अनलाइन मार्फत घरबाटै प्रस्तुति दिए । जसको विभिन्न सञ्चार तथा सामाजिक सञ्जालको माध्यमबाट लाइभ गरिएको थियो । अमेजन प्राइम भिडियो, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ट्यूनइन, युट्युब, एपल म्युजिक र एमल टिभीमा घण्टौंसम्म कलाकारहरुको आवाज गुञ्जिएको थियो ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने समेत कार्यक्रमको उद्देश्य रहेको लेडी गागालाई उद्धृत गर्दै बिबिसीले लेखेको छ । लेडी गागाले कार्यक्रम बारे बीबीसीसँग भनिन्, ‘यस कार्यक्रम केवल फन्ड जम्मा गर्नको लागि आयोजना गरिएको होइन। यस आपत्कालिल परिस्थितिमा अगाडि उभिएर खटिएका स्वास्थ्यकर्मीलाई सम्मान अभिव्यक्त गर्नका लागि पनि हो।’

तश्विरः बिबिसी

Loading...
Comments