Logo

सम्वन्ध खोज्दै गोवामा दीपिका

कोभिड १९ को महामारीले लथालिङ्ग बनेको वलिउड चलायमानको क्रममा छ । केहि समय पहिले सलमान खानले ‘राधे’को छायांकन सुरु गर्दै काम अघि बढाए । त्यसयता अन्य निर्माता, कलाकारहरु पनि बिस्तारै काम सुरु गरिरहेका छन् ।

यो बीचमा महिनौंपछि अभिनेत्री दीपिका पादुकोणले सेट ज्वाइन गरिन् । शकुन बत्राको अनटाइटल फिल्मको सेट ज्वाइन गर्न दीपिका गोवा पुगेकी छिन् । रिलेशनशिपको कथा बोल्ने फिल्मको गत सेप्टेम्बरमै कोभिड महामारी पहिले रोकिएको कहानीबाट सुटिङ सुरु गर्ने योजनामा निर्माण टिम थियो । तर ड्रग्स काण्डमा दीपिकाको पनि नाम मुछिएपछि फिल्मको काम हालै मात्र सुरु भएको हो ।

वलिउड मिडियाका अनुसार दीपिकाले गत ८ अक्टुबरबाटै सुटिङ सुरु गरेकी छिन् । ‘मै और एक तु’ तथा ‘कपुर एण्ड सन्स’ निर्देशकको यो फिल्मको कथा रोड ट्रिपमा जाने साथीहरुको सम्बन्धमा जोडिने बताइएको छ । दीपिकाले अनन्या पाण्डे र सिद्धान्त चतुर्वेदीसँग स्कृन सेयर गरेकी छिन् । आगामी फेब्रुअरी २०२१ लाई प्रदर्शन तोकिएको फिल्मको काम ढिला सुरु भएसँगै रिलिज हेरफेर हुनसक्ने निर्माण टिमले बताएको छ ।

फोटोः कोइमोइ डटकम

Loading...
Comments