Logo

साराले गरिन् ‘कुली नं वान’ को प्रचार नगर्ने घोषणा

बलिउड अभिनेत्री सारा अलि खानले ओटिटी प्लेटफर्ममा रिलिज हुन लागेको फिल्म ‘कुली नं वान’को प्रोमोट नगर्ने भएकी छिन् । यो फिल्म अर्को महिना क्रिसमसको अबसरमा रिलिज हुनेछ ।

पछिल्लो समय ‘ड्रग्स केस’मा मुछिएर छुटकारा पाएकी साराले उक्त समयमा मिडियाहरुले आफ्नो नाम अनावश्यक मेन्सन गरेको, नचाहिने प्रकारका प्रश्न सोधेर फण्डा मच्चाएको भन्दै रिलिजको फिल्मलाई लिएर मिडियामा नजाने घोषणा गरेकी हुन् । अब सारा यो फिल्मसँग सम्वन्धित कुनै पनि मिडिया प्रोमोसनमा उपलब्ध हुने छैनन् ।

तर अभिनेता वरुण धवन र निर्देशक डेभिड धवन भने सेलेक्टेड प्रेसमाझ उपलब्ध हुने बलिउड मिडियाले लेखेका छन् । धवनलाई पनि नेपोटिज्मको आरोप छ ।

तश्विरः गूगल

Loading...
Comments