Logo

रेखाको देश चिन्ताः हामी हरुवा युगका साक्षी !

आइतबारदेखि तातिरहेको नेपाली राजनीतिक माहोलले संसदिय व्यवस्थाबारे जानकार कोहि पनि अछुतो छैनन् । जनताबाट निर्वाचित प्रतिनिधि सभा असंवैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विधादेवी भण्डारीको मिलेमतोमा विघटन हुँदा देशभर यसको चौतर्फी बिरोध भइरहेकोछ ।

यो घटनाबाट कलाकर्मीहरु पनि अछुतो छैनन् । रंगकर्मीहरुले सामाजिक सञ्जालहरुमा आफ्नो आफ्नो राय पेश गरिरहेका छन् । त्यसो त कलाकारितासँगै नेपालको राजनीतिक घटना-परिघटनाको बारेमा बारम्बार स्टाटस लेख्दै काउन्टर दिइरहने कलाकारमा पर्छिन् अभिनेत्री रेखा थापा । रेखाले यो पटक पनि घुमाउरो शैलीमा देशप्रतिको चिन्ता पोखेकी छिन् ।

फेसबुकमा स्टाटस लेख्दै रेखाले नेपाल एकिकरणको इतिहास सम्झाउँदै हिजोको दिनमा बहादुर योद्धाहरुले अंग्रेजसँग लडेर जोगाएको देश केहि कुपोषित मान्छेले आफ्नो स्वार्थको लागी मैदान बनाएको उल्लेख गरेकी छिन् । आफु मरेर देश बाँचोस् भन्ने कोहि छैन भन्दै रेखाले नेतृत्व पङ्गतिका सबैले आफुलाई मात्रै केन्द्रमा राखेर सोच्ने गरेकोमा दुःख पोखेकी छिन् । अन्तमा रेखा लेख्छिन्ः ‘हामी महान इतिहास भएका तर हरुवा युगका साक्षी बन्ने भयौँ ।’

तश्विरः रेखा थापाको फेसबुक

रेखाको स्टाटसः

 

Comments