Logo

टिकटक बनाएवापत रुवी राणालाई राजेन्द्र खड्गीले दिए फिल्म उपहार !

काठमाडौं– द्धन्द निर्देशक एवम् नेपाली फिल्मका चर्चित भिलेन राजेन्द्र खड्गीले केहि समयअघि एक टेलिभिजनमा दिएको अन्तर्वाताले सामाजिक संजालमा खुब चर्चा पायो । ट्रोलदेखि टिकटकसम्म बने ।

टिकटक बनाउनेको भिडमा एक पात्र थिइन्, नेपालकी पहिलो मिस नेपाल रुवी राणा । टिकटक बनाएको भोलिपल्ट रुबीलाई नयाँ नम्बरबाट फोन आयो । कसैले भन्यो– म राजेन्द्र खड्गी ।

नाम सुन्नासाथ रुवीको सातो गयो । लाग्यो, अब दाइले गाली गर्नुहुन्छ । तर, त्यस्तो भएन । खड्गीले उल्टै रुवीलाई आफ्नो म्यूजिकल फिल्म ‘चिक्वा चाको पैसा खान गाह्रो’ मा सिआइबीमा कार्यरत महिला प्रहरी अधिकारीको भूमिका अफर गर्न पनि फोन गरेका रहेछन् ।

टिकटक गरेवापत फिल्म उपहार पाएकी रुवी शनिबार खड्गीसँग काठमाडौं, गोकर्णेश्वरस्थित हर्स स्टेवलमा घोडा दौडाइरहेको भेटिइन् । उनका श्रीमान् प्रजय विक्रम शाह पनि त्यहीँ थिए । रुबीसँगै उनका श्रीमान् पनि फिल्ममा काम गर्दै रहेछन् । त्यो पनि रियलझै रुवीकै श्रीमान्को भूमिकामा ।

बाँकी, घोडा सिक्ने क्रममा के–के भयो ? खड्गीले रुबीलाई कसरी घोडा सिकाए ? हेर्नुस् भिडियोमा रमाइलो दृश्यसहित उनीहरुसँग गरिएको कुराकानीः

https://youtu.be/NqmcXvAL9dI

Comments