Logo

प्रतापको स्वरमा मोनुको ‘सास’ बनिन् कमला |भिडियो

प्राविधिक क्षेत्रमा लामो समयदेखि सकृय अनन्त तिमल्सिना पछिल्लो समय भिडियो निर्माणमा सकृय छन् । प्रोडक्सनसँगै निर्देशनमा जुटुरहेका अनन्तको आफ्नै कम्पनि पानस मिडियाको तर्फबाट निर्माण भएको पछिल्लो भिडियो ‘सास’ रिलिज भएको छ ।

प्रताप दासको स्वर समावेश उक्त गीतमा शब्द सविन प्रियसन चार्मको छ भने कम्पोज सरदसागर अधिकारीको छ । प्रेम भाव बोल्ने उक्त गीतमा मोनु शाह र कमला बस्नेत फिचर्ड छन् ।

भिडियोमा क्यामेरा राज पोखरेलले चलाएका छन् भने सम्पादन टेकेन्द्र शाहको छ ।

https://youtu.be/nfMo1AaxVGU

Comments