Logo

‘हामी तीन भाइ’को झम्के फुलीः आश्मा र जाहान्वीको छमछमी |भिडियो

काठमाडौं। यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’मा समावेश गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ रिलिज भएको छ। शुक्रबार निर्माण टिमले ओएसआर डिजिटलमार्फत गीत रिलिज गरेको हो।

लोकलयमा आधारित यो गीतलाई साप शक्ति र अस्मिता अधिकारीले गाएका छन्। गीतलाई गायक शक्तिले नै संगीत भरेका छन् भने गीतको शब्द सुवलमणि सापकोटाले लेखेका हुन्। गीतको सङ्गीत संयोजन (एरेन्ज) महाराज थापाको छ। गीत र गीतको भिडियोले नेपाली समाजको ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउछ।

यस गीतमा फिल्मका मुख्य कलाकार फलित राई,जाहान्वी बस्नेत,कुशल बिष्ट र आश्मा गिरीले नृत्य गरेका छन्। प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन्। कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा मुख्य कलाकार अर्थात तीनमा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई छन्। उनीहरुकै कथा वरपर फिल्म घुमेको छ।

फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाइँ। शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।

Comments