Logo

६६ दिनमा ‘पाँच पाण्डव’ प्याकअप

काठमाडौं । वसन्त निरौला निर्देशित चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । 

“चैत २ गतेबाट सुरु भएको चलचित्रको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ,” निर्देशक निरौलाले भने, “यो चलचित्रको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन पर्दामा देखिनेछ ।

यो चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन् । यस्तै चलचित्रको दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतको पनि अभिनय रहेको छ । 

चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । चलचित्रको निर्माणमा काली रानी श्रेष्ठ छिन् । चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिएको छ । 

Comments