‘सिनेमाघर’मा आयो जारी २’, घरमै बसेर हेर्न मिल्ने

काठमाडौं । चलचित्र ‘जारी २’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ एपमा सार्वजनिक गरिएको छ। अब स्वदेश तथा विदेशमा रहेका जोकोही दर्शकले घरमै बसेर यो चलचित्र हेर्न सक्नेछन् ।
‘जारी २’ पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति र ‘जारी प्रथा’मा आधारित एक उत्कृष्ट चलचित्र हो। यस चलचित्रलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् भने बाँसुरी फिल्म्सको ब्यानरमा रामबाबु गुरुङ र उनको समूहले यसको निर्माण गरेका हुन्।
यसमा दयाहाङ राई, मिरुना मगर र विजय बराल जस्ता चर्चित कलाकारहरू मुख्य भूमिकामा रहेको छ। चलचित्रले लिम्बु संस्कृति, उनीहरूको परम्परागत च्याब्रुङ नाच र पुरानो कालखण्डको कथालाई निकै सुन्दर ढंगले पर्दामा प्रस्तुत गरेको छ।









