के हुँदैछ निखिल र वर्षा स्टारर ‘कस्तुरी’ ?

काठमाडौं । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को अधिकांश छायांकन सकिएको छ । ३५ दिनको सेड्यूअलमा केहि प्रतिशत दृश्य र गीत बाहेकको छायांकन सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ ।
फिल्मका निर्देशक ऋत बोहोराले केहि गाउँको सिन र गीत बाहेक फिल्मको सुटिङ सकिएको बताए। उनले भने,‘ हामीले फिल्मको छायांकन थालेको ३५ दिनमा करिव छायांकन सकेका छौं। फिल्मको गीत र गाउँको केहि दृश्य खिच्न बाँकी रहेको छ। अरु भने कम्प्लेट गरिसकेका छौं।’
काठमाडौं जिल्ला आसपासमा खिचिएको यो फिल्मले रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई उजागर गर्नेछ। यस फिल्ममा अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको छ। यसै फिल्मबाट निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्। फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय छ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन्। यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन्। आलोक शुक्लाले खिचेको यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।





