‘आ बाट आमा २’ बन्ने, मुख्य कलाकारमा पल र विपना फाइनल

काठमाडौं । फिल्म ‘आ बाट आमा २’को मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुवन्धित भएका छन्। सोमबार फिल्मका निर्देशक चन्द्र पन्तले दुबै कलाकार फिल्मका लागि अनुबन्ध गरेका हुन्।
हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’मा विपना थापा आमाको भुमिका रहेकी छिन् भने पल छोराको। सोही कथालाई निरन्तरता र केहि फरकपन सहित निर्माण पक्षले विपना र पललाई अनुबन्ध गरेको जानकारी दिएको हो।
अघिल्लो फिल्मका अभिनेत्रीद्वय उषा उप्रेती,सिम्रन पन्तलाई निर्माण पक्षले निरन्तरता दिने बारे केहि खुलाएको छैन। यस बारेमा निर्देशक पन्तले विस्तारै खुलाउँदै लैजाने बताए।
उनका अनुसार यो फिल्म आगामी नयाँ वर्ष अर्थात बैशाखबाट छायांकनमा जाने छ। साथै निर्माण पक्षले फिल्मलाई आउँदो वर्षकै दशैंमा रिलिज गर्ने तयारीमा छ।





