Logo

जीतु नेपाल स्टारर ‘आइएम जीतबहादुर’ टिजर सार्वजनिक

काठमाडौं । लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर रिलिज भएको छ । 

भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।

 जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडीका रुपमा  भने अभिनेत्री बर्षा राउतले अभिनय गरेकी छिन । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल सहित अन्य चिरपरिचित कलाकारहरुलाई समेत विशेष भूमिकामा देख्न सकिन्छ ।  

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्ममा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने  राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माताको रुपमा सघाएका छन् । 

भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको यो फिल्म आउँदो वर्षको असार महिना भित्र प्रर्दशन गर्ने लक्ष्य राखिएको छ ।

Comments